धादिङ अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको केही दिनमै बन्द

Read Time = 4 mins

-बाबुराम श्रेष्ठ
धादिङ । धादिङ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको केही दिनमै बन्द भएको छ । असार ३ गतेदेखि उत्पादन सुरु गरिएको अक्सिजन प्लान्टमा प्राविधिक समस्याका कारण बन्द भएको हो ।

अक्सिजन प्लान्टमा सफ्टवयरको समस्या आएकाले बन्द भएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवटा अक्सिजन प्लान्ट मध्ये १५MN प्रदेश सरकारले पठाएको र MN को प्रदेशको बजेटले लगभग ४० लाखमा जर्मनीबाट ल्याएको बताउनु भयो । बन्द भएको करिब ५ दिन भैसक्दा समेत मर्मत सम्भार गर्न कसैको ध्यान जान सकेको छैन ।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको करिब ९ महिनापछि अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको थियो । असार ३ गते शुक्रवारबाट दैनिक ४० लिटरको ४ वटा र ३० लिटरको ६ वटा अक्सिजन सिलिन्डर भर्न सकिने गरी अक्सिजन उत्पादन सुरु भएको धादिङ अस्पतालका निमित्त मेसु मधुकर दाहालको भनाई छ ।

धादिङ अस्पतालमै अक्सिजन सिलिन्डर भर्न सकिने भएपछि धादिङ लगायत छिमेकी जिल्लाहरूमा समेत अक्सिजन अभावका कारण मानिसले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको दाहालको थियो । धादिङको १३ वटा स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा समेत अक्सिजन सहज रुपमा आपूर्ति हुने आँकलन गरेको थियो ।

कोरोना भाइरस कोभिड १९ को वेलामा अक्सिजन अभावले सयौँ विरामीहरु अक्सिजन अभावकै कारण बेडमा छट्पट्टि रहेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै संघीय सरकार र प्रदेश सरकारले अक्सिजन जडानका लागि प्रदान गरेको ४२ लाख रकमले सुरु गरिएको थियो । २०७८ आश्विन ४ गते सोमबार एक कार्यक्रमका बिच अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्घाटन भएको थियो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले बागमती प्रदेश सरकारको सहयोगमा निमार्ण गरिएको अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने किलिया मेसिन उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै मन्त्री कटुवालले पि.सि.आर मेसिन सञ्चालनमा ल्याई नागरिकहरुलाई सेवा दिन आग्रह गर्नुभयो । अक्सिजन प्लान्टले २४ घण्टामा ५५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने र नयाँ प्रबिधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डि र हर्मोन प्रोफाइल समेत जाँच गर्न सकिने अस्पतालका तत्कालिन मेडिकल सुपरिटेण्डेट डा. त्रिभुवन चन्द्र झाले बताउनु भयो । तर यो कुरा कुरामा मात्र सीमित भए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?