करार कर्मचारीलाई म्याद थप नहुँदासम्म हाजिर नगर्न निर्देशन

Read Time = 5 mins

-गोविन्द बीसी

टीकापुर । कैलालीमा स्थानीय तहले अस्थायी तथा करारका कर्मचारीलाई हाजिरमा रोक लगाएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हाजिर गर्न रोक लगाएको हो । मातहतका सबै शाखा, उपशाखा, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र वडा कार्यालयहरुलाई परिपत्र गर्दै नियुक्ति म्याद थप भएको पत्र प्राप्त नहुँदासम्म कार्यालय हाजिरमा रोक लगाउन निर्देशन गरेको छ ।

घोडाघोडी नगरपालिकाले गत असार ८ गते एक सूचना जारी गर्दै आउँदो श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो ।

‘यस नगरपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखि म्याद थप भएको पत्र प्राप्त नहुँदासम्म कार्यालयमा हाजिर नगर्न रनगराउन जानकारी गराइन्छ,’ नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

यसअघिल्लो स्थानीय सरकारको कार्यकालमा नियुक्ति भएका पालिका कर्मचारीहरुलाई कार्यालय हाजिर गर्न रोक लगाइएको परिपत्रपछि उनीहरु त्रसित भएका छन् । नगरपालिकाले करार सेवामै अमिन पदमा कार्यरत मोहन भण्डारालाई हटाएको छ । कामप्रति जवाफदेही नभएको र अनुशासनहिन काम गरेकाले हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले बताउनुभयो ।

अमिन भण्डारालाई नगरपालिकाले करार सेवामा सम्झौता नहुने भन्दै असार १२ गते पत्राचार गरेको थियो । नगरपालिकामा अस्थायी, करारमा ४१ जना, स्वास्थ्य अन्तर्गत ४६ जना र दैनिक ज्यालादारीमा ९ जना गरि ९६ जना नियुक्त भई कार्यरत छन् । यसअघि उनीहरुको ६ महिना र १ वर्षको म्याद थप हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो ।

विगतमा १ वर्षे करार अवधिमा नियुक्ति थप हुँदै आएका अस्थायी तथा करार कर्मचारीको कार्यअवधि सकिन लागेकाले प्रशासनद्वारा परिपत्र गरिएको घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा विगतमा १ वर्षे करार गर्ने गरिएको रहेछ, उहाँहरु सबैको करार अवधि असार मसान्तमा सकिँदैछ, कानुनी रुपमा कार्यपालिका बैठक पनि नबसेको र निर्णय पनि नभएको हुनाले प्रशासनले सूचना जारी गरेको हो ।’ कर्मचारीको नियुक्ति प्रक्रिया के कस्तो छरु र आवश्यकता हो कि होइनरु भन्ने बारेमा पनि अध्ययन तथा पहिचान भइरहेकोे नगरप्रमुख रावतले बताउनुभयो ।

त्यस्तै, जिल्लाको गौरीगंगा नगरपालिकाले पनि पालिका अन्तर्गत अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई हाजिरमा रोक लगाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा मंगलबार  जारी सूचनामा नगरपालिका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९र०८० श्रावण १ गते देखि म्याद थप भएको पत्र प्राप्त नहुँदासम्म कार्यालयमा हाजिर नगर्न रनगराउन भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?