मलखाद्यको अभावमा मधेशमा ११ प्रतिशत रोपाई 

हिमालय टाइम्स
Read Time = 4 mins

-पुरन साह

जनकपुरधाम । १९ औँ राष्ट्रिय धान दिवस देशभरका किसानले धान रोपेर मनाएका छन् । देशभरी रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाएका छन् । धनुषाको हर्दिनाथ धानवाली कार्यक्रममा पनि यो दिवस मनाइयो ।

राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा सो कार्यक्रम गरिएको हो । ‘धान बालीमा जैविक बिविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग’ नाराका साथ धान महोत्सव मनाएको छ ।

कार्यक्रममा बौल्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवले प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्दा धान बालीमा जैविक बिविधताको उपयोग र आयात प्रतिस्थापनमा सहयोग मिल्ने बताउनुभयो ।

उहाँले भन्सारको डाटा पनि सहि तरिकाले नआएको गुनासो गर्नुभयो । उहाँले कुनै सामग्री आउँदा त्यसलाई चामलसँगै  जोड्नु उपयुत्त नभएको समेत बताउनुभयो । मन्त्री यादवले मलखाद सिंहदरवारले किन्ने प्रदेश सरकारले कोटा निर्धारण गर्ने र स्थानीय सरकारले वितरण गर्ने गरेको बताउनुभयो ।

तर मधेश प्रदेश सरकारले अहिले युरिया, फसफोरस र पोटास जन्य वस्तु बन्ने एमपिटिलाई विस्तारै विस्थापित गर्दै गरेको उहाँले बताउनुभयो ।  पराम्परागत तरिका गोबर, गडयौला तथा अन्य उपायबाट मल उत्पादन गर्ने उहाँको भनाइ थियो । मलखाद उपयोगले गर्दा खाद्यान्नमा भइरहेको समस्यालाई अन्त्य गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै कार्यक्रममा बौल्दै वरिष्ठ वैज्ञानिक देव निधि तिवारीले धानबालीले देशको अर्थतन्त्रमा करिव २० प्रतिशत योगदान दिएको जानकारी दिनुभयो । उहाँले सर्वाधिक धान उत्पादनमा नेपाल विश्वमा १६ औँ स्थानमा रहेको जानकारी गराउनुभयो ।

कृषकको लागि नयाँ उपायहरुबाट कसरी धानबाली उत्पादन गर्ने तरिका सिकाउनेबारे आवश्यक अनुशनधान गरिरहेको समेत उहाँले बताउनुभयो । अहिलेसम्म धानको ९२ वटा जात विकास भइसकेको जानकारी गराउँदै उहाँले वैज्ञानिक तिवारिले अरु नयाँ नयाँ धानको जात विकास गरि आयातलाई न्युनिकरण गर्ने बताउनुभयो । नयाँ नयाँ प्रविधिको उपयोग गरि उत्पादन लागत घटाउने उहाँको भनाइ छ ।

कार्यक्रममा मधेश  प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशत मात्रै रोपाइँ भएको जानकारी गराइएको छ । मधेश कृषि निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा कुल पाँच लाख ५५ हजार २१८ हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरिएको भए पनि अहिलेसम्म ४३ हजार आठ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?