विम्बल्डनबाट राडुकानु बाहिरिइन्

Read Time = 1 min

लन्डन । बेलायती महिला टेनिस खेलाडी इमा राडुकानु विम्बल्डन टेनिसको दोस्रो चरणबाट बाहिरिनुभएको छ । चर्च रोडस्थित सेन्टर कोर्टमा बुधबार राती भएको खेलमा राडुकानु फ्रान्सकी कारोलिन गार्सियासँग पराजित हुनुभयो ।

बेलायती नम्बर एक खेलाडी राडुकानुलाई गार्सियाले ६-३ र ६-३ को सेटले पराजित गर्नुभयो । अब गार्सियाले तेस्रो चरणमा झाङ शुईसँग खेल्नुहुनेछ ।

महिलातर्फ नै एन्जलिक केर्बरले तेस्रो चरणमा स्थान बनाउनुभयो । पुरुषतर्फ बेलायती एन्डी मर्रे पनि दोस्रो चरणबाट बाहिरिनुभएको छ । मर्रेलाई अमेरिकन खेलाडी जोन इस्नरले हराउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?