सुस्मिता सेनको भाउजु श्रीमानसँग डिभोर्स माग्दै मिडियामा

Read Time = 4 mins

मुम्बई बलिउड अभिनेत्री सुस्मिता सेनकी भाउजु चारू असोपा श्रीमानसँगको सम्बन्धको बिषयलाई लिएर अहिले मिडियामा सार्वजनिक भएकी छिन् । उनले आफूले श्रीमानलाई धेरै मौका दिएको र अब आपसी सहमतिमा सम्बन्ध विच्छेद चाहेको बताएकी हुन् । उनको यस भनाइ अहिले बलिउडमा नयाँ बहसको बिषय बनेको छ ।

हुन त यिनि मात्रै होइन यस क्षेत्रमा काम गर्ने धेरै कलाकारहरूको सम्बन्ध बाहिर आइरहेको छ र यहाँ डिभोर्स दिने र अर्का सँग विवाह गर्ने सामान्य जस्तै बन्दै गएको छ ।

चारुले श्रीमान राजीव सेनले आफ्नो पहिलो विवाहको कुरा उठाएर आफूलाई मानसिक तनाव दिएको बताएकी छिन् । उनका अनुसार राजीवसँग विवाह हुनु पूर्व उनले आफ्नो पहिलो विवाहको बारेमा खुलस्त पारिसकेको बताउँछिन् ।

यो सँगै सुस्मिता सेनका भाइ राजीव र उनकी श्रीमती चारुको वैवाहिक जीवन कठिन चरणबाट गुज्रिरहेको छ ।

विवाहको केही दिनपछि नै राजीव र चारुको सम्बन्धमा दरार आएको थियो । तर अहिले दम्पतीबीचको तिक्तता यति बढेको छ कि कुरा सम्बन्धविच्छेदसम्म पुगेको छ ।

चारुले अहिले आफूहरूको सम्बन्धमा मौनता तोड्दै श्रीमानलाई धेरै मौका दिएको र अब आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्न चाहेको बताइन् ।

चारुले दिल्ली टाइम्ससँगको कुराकानीमा आफ्नो विवाहको बारेमा बताउँदै भनिन्- ‘हाम्रो वैवाहिक सम्बन्ध विगत तीन वर्षदेखि समस्यामा रहेको कुरा सबैलाई थाहा छ ।’

मैले विवाह गरेदेखि नै राजीवलाई अवसर दिएको छु । पहिले उनको लागि अनि छोरीको लागि समय दिएको थिए । तर मौका दिएर तीन वर्ष कहिले बित्यो थाहा भएन ।

चारुले अगाडी भनिन- राजीवसँग विश्वासको समस्या छ। म अब सहन सक्दिन। मैले उसलाई पारस्परिक सहमतिमा अलग हुन एक साधारण सूचना पठाएको थिएँ,  किनभने हाम्रो विवाहमा अब केही बाँकी छैन।

चारुले यस बिषयमा राजीवकी आमा र बहिनीलाई पनि दोष दिएकी छन् । उनी भन्छिन्- यस मामिलामा उनीहरूको सपोर्ट राजीवलाई नै छ ।

तर राजीवले भने चारुको पहिलो विवाहको बारेमा आफू र परिवारका कुनै सदस्यलाई थाहा नभएको बताएका छन् । जसका कारण यो कुरा थाहा पाएपछि आफूहरू छक्क परेको बताए ।

राजीवले भने- म बुझ्छु कि उनको विगत थियो होला, तर उनले कम्तिमा मलाई बताउन सक्नुपर्थ्यो । उनले मलाई अगाडी नै सबै कुरा बताएको भए मैले उनलाई सम्मानपूर्वक ग्रहण गर्ने थिँए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?