राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत हुँदैन : पूर्वगभर्नर क्षेत्री

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत नहुने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो बिस्तारकारी आउनेमा शंका रहेको बताउनुभएको हो ।

उहाँले बैंकहरुले उद्योगको क्षमता बिस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको बताउनु भयो । पूर्वगभर्नर क्षेत्रीले नेपाल राष्ट्र बैंकका गभर्नर स्वयंले हेरक फोरमहरुमा बैंकिङ ब्याजदर बढ्ने स्पष्ट रुपमा भनेकाले शंका गर्ने स्थिति रहेको बताउनु भयो । उहाँले अहिले राष्ट्र बैंकले ब्याजदरको विषयमा ट्रेजरी बिलको ब्याजदर ११ प्रतिशत पु¥याएर व्यहारमा देखाएको दाबी गर्नुभयो । क्षेत्रीले यस्तो अवस्थाले अब बैंकमा रहेको रकमसमेत ट्रेजरी बिलमा जाने सम्भावना भएको भन्दै बैंकिङ निक्षेपमा समस्या यथावत रहने बताउनु भयो ।

उहाँले सरकारले बजेट भाषणमा बैंकिङ ब्याजदर घटाउने नीति ल्याउने तर राष्ट्र बैंकका गभर्नरले ब्याजदर बढ्ने बताइसकेकाले सरकार र राष्ट्र बैंकबीचमा अन्तरबिरोध रहेको बताउनु भयो । पूर्वगभर्नर क्षेत्रीले सरकारको नीतिमा जहिलेसम्म स्थिरता नभएसम्म अर्थतन्त्रमा समस्या ल्याउने बताउनु भयो ।

पूर्वगभर्नर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको जस्तो परिस्थिति नरहेको बताउनु भयो । उहाँले श्रीलंकाको जस्तो राजनीतिक अधिकार सिमित व्यक्तिलाई दियो भने कुनै समय हुनसक्ने सम्भावना भने कायम रहेको पनि बताउनु भयो । श्रीलंकामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्री बनेर जथाभावी करका दरहरु चलाएकाले अहिलेको स्थिति आएको उहाँको भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले नेपालले भर्खरै स्थानीय निर्वाचन सम्पन्न गरेको र अब संघ र प्रदेशको निर्वाचन गर्ने तयारीमा रहेकाले श्रीलंकासँग जोड्न नहुने बताउनु भयो ।

पूर्वगभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पत्ति, एसडिआर र जम्मा गरेको सुनको समेत हिसाव गर्दा सिमित वर्गका लागि चाहिने आयात र खपत बढ्दै गएको पेट्रोलियम पदार्थको समेतलाई पुग्नेगरी ७ महिनाको आयात धान्नसक्ने अवस्था रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?