काठमाडौं । कीर्तिपुरले राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा बुधबार कीर्तिपुरले आइएस नेपाललाई पराजित गरेको थियो ।
कीर्तिपुरको नयाँ बजारस्थित घरेलु कोर्टमा कीर्तिपुरले गोल्डेनगेटलाई ७९-६४ ले पराजित गर्यो । कीर्तिपुरका पारस योञ्जनले २२ अंक जोड्नुभयो । गोल्डेनगेटका अभिषेक सिंहले १४ स्कोर गर्नुभयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा टाइम्स र बीएमकेले पनि सफलता हात पारे । टाइम्सले जेभियर इन्टरनेसनललाई ६७-५५ ले हरायो ।
टाइम्सका सुजन लिम्बूले १८ तथा टाइम्सका मनीष तामाङले १७ स्कोर गर्नुभयो । बलर्स एकेडेमीविरुद्धको खेलमा बीएमके ७१-४० ले विजयी भयो । बीएमकेका सोनामप्रयाग शेर्पाले १६ तथा बलर्सका साहिल तमुले २८ अंक जोड्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच