प्रहरी स्कुललाई दोहोरो उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रहरी स्कुल (एनपीएस)ले बागमती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ । प्रहरीको दुवै ब्वाइज/गल्र्स टोली उपाधि चुम्न सफल भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ब्वाइज फाइनलमा प्रहरीले प्रारम्भलाई तीन-एकले पराजित गर्‍यो । फेरिल्याण्ड तेस्रो भयो ।

बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा नेपाल रग्बी संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको उपाधि भिडन्तमा प्रहरीले जोसेफलाई ‘ड्रप बल’मा दुई-शून्यले हरायो । निर्धारित समयको खेल एक-एक को बराबरीमा सकिएको थियो । पारामाउण्ट तेस्रो भयो ।

ब्वाइजमा प्रहरीका पदम चौलागाईं तथा गल्र्समा पारामाउन्टकी एलिना राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, आयोजक रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरी, सविच गोविन्द घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । एकदिने प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा नौ टिम सहभागी थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?