नबिलका सिइओ ढुंगानाद्वारा पदभार ग्रहण

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले पदभार ग्रहण गर्नुभएको छ । उहाँले शुक्रबारदेखि काम सुरु गर्नुभएको हो । नबिल बैंक लिमिटेडकोे बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको सिइओमा ढुंगानालाई नियुक्त गरेको थियो ।

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा लामो अनुभव संगाल्नुभएका ढुंगानाले यसअघि नेपाल बंगलादेश बैंकको सिइओका रूपमा १० वर्षसम्म नेतृत्व गर्नुभएको थियो । साथै नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गर्नुभएको थियो ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएका ढुंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाट र सन् २०१५ मा म्यानेजर अफ द इयर विधामा पुरस्कृत हुनुभएको थियो । ढुंगाना नेपाल बैंकर्स एसोसिएसनको अध्यक्ष भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?