जुम्ला । १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ नगरपालिका प्रथम, हिमा गाउँपालिका द्धितिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।
१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।
जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामा शिल्ड जितेको छ भने मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।
यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगितामा जित हात पारेको थियो भने कनकासुन्दरी द्धितिय भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने चन्दननाथ नगरपालिका द्धितिय भएको छ ।
कबड्डीमा चन्दननाथ नगरपालिका प्रथम, कनकासुन्दरी गाउँपालिका द्धितिय भएको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच