यस्तो छ तपाईंको असार १९ गते आइतबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल असार १९ गते आइतबार, ई.सं.- ३ जुलाई, २०२२ । तिथि- आषाढ शुक्लपक्ष चतुर्थी, १३ः५७ बजे उप्रान्त पञ्चमी, नक्षत्र- मघा, योग- वज्र, १०ः५७ बजे उप्रान्त सिद्धि, करण- भद्रा, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः१४, सूर्यास्तः १९ः०२ ।

मेष : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।

मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।

कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।

सिंह : अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ ।

कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु : जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

मीन : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?