तिनाउ खोलाले बगाउँदा एक भारतीय नागरिकको मृत्यु, एक वेपत्ता

हिमालय टाइम्स
Read Time = 1 min

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका-२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता भएका छन् ।

सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो । उनको बुटवल उपमहानगरपालिका-१९ लाफाचौरस्थित तिनाउ खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट सिद्धबाबा दर्शन गर्न आएको ६० जनाको टोली तिनाउ खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा निसाद सहित शनि कुमारलाई खोलाले बगाएको थियो । दुवै जनालाई खोजतलाज गर्दैै जाँदा निसादको शव भेटिएको हो भने शनि अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?