बंगलादेशमा बाढीबाट एक सय जनाभन्दा बढीको मृत्यु

Read Time = 2 mins

ढाका । बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण आएको बाढीमा परी एक सय जनाभन्दा बढीको ज्यान गएको छ । यहाँका अधिकारीले दिएको जानकारी अनुसार ६४ वटा जिल्ला बाढीबाट प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।

अधिकारीहरूले दिएको समाचारमा गएको मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रूपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । कतिपय जिल्लामा पछिल्ला दिनमा बाढीको प्रकोप जारी छ । बाढीले ल्याएका सर्पले टोकेर, चट्याङ परेर र बाढीले बगाएर धेरैको ज्यान गएको बताइएको छ । बंगलादेशका स्वास्थ्य अधिकारीले अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरू विस्थापित भएको बताएका छन् ।

बाढी प्रभावितको उद्धार र सहयोगका लागि ठूलो संख्यामा सहायताकर्मी र प्रहरी परिचालन गरिएको बताइएको छ । अघिल्लो हप्ताको बाढीले दर्जनौं स्थानका बाटो बगाइदिएको छ । जसकारण मानिसलाई कैयौं जिल्लामा आवतजावत गर्न कठिन भएको छ । बिजुली र खानेपानीका संरचना बाढीले भत्काइदिएको छ । ती संरचना निर्माणको काम भइरहेको अधिकारीले बताएका छन् ।

प्रकोप व्यवस्थापनसम्बन्धी मन्त्री इनामुर रहमानले सरकारले बाढी पीडितहरूको उद्धार गर्न र भत्किएका संरचना बनाउन ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरेको बताउनुभएको छ । उहाँले यस्तो आपत्को समयमा सहयोग गर्न सबै नागरिकलाई आग्रह गर्नुभएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?