असार २९ मा ‘बगान’

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘बगान’ यही असार २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ को सिनेमाघरमा आउने मितिसहित सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका प्रमुख कलाकार सरोज खनाल, करिष्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्की समेटिएको छ ।

चलचित्रमा तीन पुस्ताका कलाकारहरूको एकसाथ अभिनय देख्न सकिनेछ । नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री बसुन्धरा भुसालसहित नीर शाह, मिथिला शर्माको पनि चलचित्रमा अभिनय छ ।

चलचित्रको विषयबारे प्रष्ट पार्दै निर्देशक खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनील पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ बनाएको जानकारी गराउनुभयो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद मानन्धर रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?