प्युठानमा चट्याङ लागेर दुई बालकको मृत्यु ९ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

-विवेक खड्का

प्युठान । प्युठानमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको र ९ जना घाइते भएको प्युठान प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । डिएसपी थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको थियो ।

चट्याङ लागेर ऐरावती वडा नं - ६ का ५ जना र वडा नं- १ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिनुभयो । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?