महेश पंगेनी अन्तराष्ट्रिय स्क्राबल प्रतियोगितामा भाग लिन बंगलादेश प्रस्थान

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । फाल्गुन ४ देखि ७ सम्म बंगलादेशमा हुने अन्तराष्ट्रिय अंग्रेजी स्क्राबल प्रतियोगितामा भाग लिन नवलपरासीको सुनवलबाट महेश पंगेनी बंगलादेश तर्फ प्रस्थान गर्नुभएको छ । १४ वर्षीय पंगेनीलाई सुनवल नगरका कार्यबहाक नगरप्रमुख सूर्य दुबेले दोसल्ला ओडाएर सम्मान सहित बिदाई गर्नु भयो । कार्यबहाक नगर प्रमुख दुबेले सुनवल नगरको नाम विश्वमा राख्न सफल हुनु भन्दै शुभकामना समेत ब्यक्त गर्नु भएको छ ।

छोटो अवधिमा जिल्ला र राष्ट्रिय बिजेता हुदै अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न बंगलादेश जानेसम्मको क्षमता कमै ब्यक्तिहरुमा रहने भन्दै आफ्नो विद्यार्थीले यसप्रकारको जिल्लाकै ऐतिहासिक रेकर्ड राख्न सफल भएको बताउँदै अन्तराष्ट्रिय स्तरमा समेत कुनै न कुनै स्थान प्रास्त गर्नेमा आफु विश्वस्त रहेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ ।

राष्ट्रिय प्रतियोगितामा समेत टप २० मा पर्न सफल पंगेनी सुनवल युनाईटेड सेकेण्डरी स्कुल,सुनवलको कक्षा ९ मा अध्ययनरत रहेका छन् । अंग्रेजी भाषामा अक्षरहरु मिलाएर नयाँ शब्दहरु छिटो निर्माण गरि आफ्नो क्षमता बृद्वि गर्ने उद्देश्यले खेलाइने यो अंग्रेजी स्क्राबल प्रतियोगितामा मिसनको निक्कै क्षमता रहेको छ । हाल सुनवल युनाइटेड सेकेण्डरी स्कुलका ४० जना विद्यार्थीहरुले अहिले स्क्राबल प्रतियोगिताको तालिम प्राप्त गरी अन्य विद्यार्थीहरुलाई समेत उक्त कार्यव्रmममा नियमित रुपमा प्रशिक्षण दिँदै आइरहेका छन् ।

१५/१५ साइजको बोर्डमा ए देखि जेडसम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ। यो खेलमा एक पटकमा २ देखि ४ जनासम्मले खेल्न सकिने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?