एनएमबीको सहयोगमा विद्यालयको छाना

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत वीरेन्द्रनगर-१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानामाथिको पुनः संरचना/सम्भार र कक्षाकोठा मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुला चौरमै पढ्न बाध्य थिए । एक कार्यक्रमबीच बैंकले चारवटा कोठाको पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा बैंकबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारीहरू निर्मल गौलीलगायतको उपस्थिति रहेको थियो भने विद्यालयबाट विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकले वित्तीय कारोबारमात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरू हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?