भृकुटीमण्डपमा मिटरब्याज पीडितको बास (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिट ब्याज पीडितहरू भृकुटीमण्डपमा बसेका छन् । पीडितहरुले भृकुटीमण्डपमा नै खाने बस्नेको व्यवस्था गरेका हुन् । झण्डै चार हजार पीडित गत बुधबार काठमाडौँ आइपुगेका थिए । गत पुस १६ गतेबाट पूर्वीनाका काँकडभिट्टा र पश्चिमको गड्डाचौकीबाट ‘न्यायका लागि मार्चपास’ सुरु गरेका थिए ।


सरकार र मिटरब्याजपीडितका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । वार्ता बिहान ११ बजे गृहमन्त्रालयमा हुनेछ ।सरकार र मिटरब्याजपीडितबीच हिजो बेलुका भएको वार्ता निष्कर्षमा नपुगेपछि आज बस्ने गरी सकिएको थियो ।

आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने तयारी रहेको छ ।हिजोको वार्तामा मिटरब्याज तथा ठगिविरुद्ध किसान–मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहितको टोली र सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितसहितको टोली सहभागी थिए ।

तस्बिर : न्यूज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?