राज्यमन्त्री विमलाकुमारी वलीमाथि जाँचबुझ गर्न कार्यदल गठन

Read Time = 1 min

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी हुनुहुन्छ । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप छ । उहाँले ती महिलाको घरमा गएर तोडफोडसमेत गरेको आरोप छ । उहाँविरुद्ध किटानी जाहेरी परे पनि प्रहरीले दर्ता भने गरेको छैन ।

यही घटनाबारे सत्य तथ्य बुझ्नका कार्यदल बनाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?