नेपाल टेलिकम सञ्चालक समितिमा टोकराज पाण्डे नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त हुनुभएको छ। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त हुनुभएको हो ।

साउन १० गते नियुक्त हुनुभएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो।

पाण्डे हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखसमेत रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?