युवा उद्यमी मञ्चको १८ औँ वार्षिक साधारणसभा

Read Time = 1 min

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गर्नुभएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल सुन्दरी प्रियन्का रानी जोशीलगायतको उपस्थिति रहेको थियो ।

साधारणसभाले नयाँ राष्ट्रिय परिषद् गठन गरेको छ । नवगठित परिषद् अध्यक्षमा रितेश लामिछाने, निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, प्रथम उपाध्यक्ष सहारा जोशी, द्वितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, महिला उपाध्यक्ष निभिता प्रधान रहनुभएको मञ्चले जनाएको छ ।

कार्यकारी सदस्यमा सुदिप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभूषण ज्योति कंसाकार र पुनित वैद्य रहनुभएको बताइएको छ । मञ्चले यस वर्ष सम्पूर्ण च्याप्टरलगायत काठमाडौंमा बृहत् मेड इन नेपाल प्रदर्शनी आयोजना गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?