मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका-६, मा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका-६, सक्रौलका २० वर्षीय इन्दल सहनीको मृत्यु भएको हो ।

गएराति पौने १० बजेतिर भाडसरबाट सिमरा जाने भित्री बाटोमा बीआर ३० डब्लु ६३९० नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा गएर ठोक्किँदा सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

मृतक सहनीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?