देशका कुन–कुन क्षेत्रमा पर्छ पानी ? यस्तो छ आगामी तीन दिनको मौसम

हिमालय टाइम्स
Read Time = 4 mins

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हालको अवस्था

देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २४ गते (शुक्रबार)

दिउँसो : देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २५ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णीली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?