प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अधिकारीको उम्मेदवारी पक्का

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रेस युनियनको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट सरोज अधिकारी अध्यक्षको उमेदवार हुने पक्का भएको छ ।

संस्थापन पक्षका पदाधिकारी सहितका शिर्ष नेतृत्व वर्तमान कमर्यसमितिका कोषाध्यक्ष अधिकारीलाई उमेदवार बनाउन सकारात्मक देखिएका छन् ।

हिमालय टाइम्स, रेडियो नेपाल, इमेज टेलिभजन, केही साप्ताहिकमा काम गरिसक्नुभएका अधिकारी व्यवसायिक र क्षमतावान पत्रकार भएकाले उहाँको नेतृत्वमा जाँदा चुनाव जित्न सहज हुने निष्कर्षमा संस्थापन समूह पुगेको यो समूहका एक पदाधिकारीले बताए ।

श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आउनुभएका अधिकारी प्रेस युनियनमा संगठकका रूपमा समेत चिनिनुहुन्छ । अध्यक्षको तयारीमा रहनुभएका अधिकारी देशका सबैजसो जिल्लामा संगठन निर्माणका क्रममा पुग्नुभएको छ ।

केन्द्रीय सदस्य, कोषाध्यक्ष रहँदा एक दशक भन्दा बढि समयदेखि निरन्तर प्रेस युनियनमा सशक्त भूमिका निर्वाह गर्दै आउनुभएका अधिकारीको पक्षमा चुनाव नजिकिएसँगे बलियो माहोल देखिन्छ ।

केन्द्रीय पार्षद र केही जिल्ला अध्यक्षहरूले अधिकारीले उमेदवारी घोषणा नगर्दै उहाँको प्रचार शुरू गरिसकेका छन् । साउन ६ र ७ गते युनियनको महाधिवेशन हेटौंडामा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?