अख्तियारले ३० जनाको नाममा काट्यो सात दिने पत्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जनकपुरको पिडारीचोकमा रहेको आठ बिगाहाभन्दा बढी सरकारी जग्गा दिवश विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

अख्तियारले दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै सात दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका–३ का दिवश विक्रम शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने विषयमा परेको उजुरीबारे अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएपछि अख्तियारले सोधपुछ गर्न लागेको हो ।

अख्तियारले दिवश विक्रम शाहसहित तत्कालीन मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायण लाल दास, नापी कार्यालय धनुषाका तत्कालीन नापी टोली प्रमुख चौमानसिंह थापा, नापी कार्यालय धनुषाका तत्कालीन निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ ।

विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा लगायतको नाममा पनि सात दिने सूचना जारी गरिएको छ ।

यसैगरी नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जन कुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई पनि अख्तियारले बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?