काठमाण्डौं । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक-२०७९ पेश गर्नुभएको हो ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । यही असार २० गते प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गर्नुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्रिपरिषद् सदस्यको नाम पढेर सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच