राजापुरमा पनि एभरेस्टको शाखा

Read Time = 1 min

बर्दिया । एभरेस्ट बैंकले बर्दियाको राजापुरमा ११७औँ शाखा विस्तार गरेको छ । राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा शाखा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका–४ का अध्यक्ष विदुर पोखरेल र नेपाल प्रहरीका डिएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो । शाखा विस्तारकै अवसरमा बैंकले राजापुर नगरपालिका–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?