भारतीय सहयोगमा विद्यालय भवन

Read Time = 2 mins

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका-९ स्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय भवन उद्घाटन गर्नुभएको छ ।

शिक्षा क्षेत्रमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको पाँच करोड ९२ लाख रुपैयाँ सहयोगमा विद्यालय भवन निर्माण भएका हुन् । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साका रूपमा विद्यालय भवन निर्माण गरिएको दूतावासले जनाएको छ ।

शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन्, जहाँ क्रमशः सात सय र १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा चार सय ७० परियोजना सम्पन्न भइसकेको दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?