औषधि अभाव रहेका तिलाका स्वास्थ्य संस्थामा औषधि वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा औषधि अभाव शीर्षकमा गत पुस १६ गते हिमालय टाइम्सले समाचार प्रकाशित गरेपछि पालिकाको स्वास्थ्य शाखाबाट अहिले अभाव रहेका स्वास्थ्य संस्थामा औषधि वितरण गरिएको छ ।

स्वास्थ्य संस्थामा चाहिने आवश्यक औषधि खरिद गरी अभाव रहेका स्वास्थ्य संस्थामा करिब आठ लाखको औषधि पठाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले जानकारी दिनुभयो । सोमबार गाउँपालिका अध्यक्ष,उपाध्यक्षको सहभागीतामा अभाव रहेका स्वास्थ्य चौकीमा औषधि वितरण गरिएको छ ।

स्वास्थ्य शाखाका प्रमुख रावतले भन्नुभयो,“यहाँका १३ वटै स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनका लागि थप औषधि खरिद प्रक्रिया अगाडि बढेको छ । तिलाका नागरिकलाई सहज रुपमा औषधि पाउने गरी स्वास्थ्य शाखा लगायत गाउँपालिका लागि परेको स्वास्थ्य संयोजक रावतको भनाइ छ । ”

पालिकाले यो वर्षका लागि जम्मा आठ लाख बजेट स्वास्थ्य शाखालाई विनियोजित गरेको छ । सीमित बजेटको सीमाभित्र भई काम गर्नुपर्ने भएकाले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधि यस अधि पठाई सकेको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपाल सरकारले तोकेका सबै प्रकारका औषधि निःशुल्क रुपमा स्वास्थ्य चौकीमा पाउने गरिकाम गर्ने स्वास्थ्य शाखालाई निर्देशन दिएको छु । सरकारी तवरवाट जाने औषधिहरु समयमै तिलाका स्थानीयवासिलाई उपलब्ध गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिनलगायत औषधि पठाएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाखको बजेट मार्फत औषधि टेन्डर प्रक्रियाबाट खरिद गरिने तिला गाउँपालिकाले जनाएको छ । साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको भन्दै तिलाका स्थानीयवासिले सामाजिक सञ्जालमार्फत विरोध गरेका थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?