राजपालमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उहाँमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उहाँलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।

बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उहाँको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गर्नुभएको छ । तर, अहिलेसम्म उहाँको छोरालाई राजपालले कुनै काम नदिएको र उहाँलाई सहयोग पनि नगरेको दाबी गर्नुभएको छ ।

उहाँले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाउनुभएको छ । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानविन सुरु गरेको छ । प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुनभनेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?