अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी

Read Time = 1 min

मुम्बई । बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ । केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा आधारित हुनेछ ।

यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने पक्का भएको छ । फिल्म निकट स्रोतले पनि पंकज नै फिल्ममा प्रमुख भूमिकामा रहने पुष्टि गरिसकेको छ । पंकजले हालैमात्र रिलिज फिल्म ‘शेरदिल’मा अभिनय गरेका थिए ।

यो फिल्मलाई विनोद भानुशाली, संदीप सिंह, सेम खान, कमलेश भानुशाली र विशाल गुरनानीले निर्माण गर्दैछन् । फिल्म सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?