पूर्व पर्यटनमन्त्री शेर्पा सवार गाडी दुर्घटना, तीन जना घाइते

Read Time = 2 mins

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहनुभएको छ ।

उहाँसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते हुनुभएको छ ।

घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ । घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उहाँहरू सवार गाडी दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उहाँहरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?