एसिया प्यासिफिक प्रिक्वार्टरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित घरेलु कोर्टमा एसिया प्यासिफिक ‘ए’ले डिआर ममोरियललाई ९-५, लक्ष्मीपुर ‘बी’लाई ९-५ र एन्जल्स हार्ट ‘बी’लाई ९-७ले पराजित गर्‍यो ।

अन्य खेलमा इन्साइट भिजन, एन्जल्स हार्ट ‘ए’, महामञ्जुश्री, सिनर्जी र एसिया प्यासिफिक ‘सी’ ले सफलता पाउनुभयो । प्रतियोगिताको एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगिताको ब्वाइजमा २९ तथा गल्र्समा १६ टिम सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?