आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहन्छ : माधव नेपाल

Read Time = 2 mins

रुपन्देही । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पार्नु भएको छ ।

पाँच दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उहाँले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म यो कायम रहने दोहोर्याउनु भयो ।
समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सम्पन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गर्नु भयो ।

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्याधिक मत प्राप्त गरेकोे बताउँदै उहाँले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको र थप सफलता प्राप्त गर्ने दाबी समेत गर्नुभयो ।

उहाँले गठबन्धन आवश्यकता अनुसार भएतापनि स्थानीय तहमा आफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताउनु भयो । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्याधिक मत प्राप्त भएको थियो ।’

पत्रकार सम्मलेनमा शहरी विकास मन्त्री भेटमणि चौधरी, पुर्वमन्त्री मन्त्री सोम प्रसाद पाण्डे लगायतको सहभागी रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?