तारा एयर दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई हस्तान्तरण गरिँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव आज परिवारलाई हस्तान्तरण गरिने भएको छ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा दुर्घटना हुँदा ज्यान गुमाएका सबै २२ जनाकै शवको बुधबार पोस्टमार्टम गर्ने काम सकिएको थियो । आज सबै प्रक्रिया पूरा गरेर मृतकका परिवारलाई शव हस्तान्तरण गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौताले जानकारी दिनुभयो ।

उहाँका अनुसार विहान १० बजेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका शव परिवारको जिम्मा लगाइने छ। दुर्घटनामा चालकदलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको थियो।

शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?