यु-२० टोलीको फिजियोमा कुँवर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यु-२० राष्ट्रिय फुटबल टोलीको फिजियोमा लोकेन्द्र कँुवर नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिजियो थेरापिस्ट कुँवरलाई टोलीको फिजियो नियुक्त गरेको हो । कुँवरले फिजियो थेरापीमा मास्टर्स गर्नुभएको छ । यसअघि उहाँ सी डिभिजन क्लब आरसी ३२ का फिजियो रहिसक्नुभएको छ । एन्फाले साफ यु-२० च्याम्पियनसिप र एएफसी यु-२० एसियन कप छनोटका लागि कुँवरलाई फिजियो नियुक्त गरेको हो ।

भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?