फुटको संघारमा जसपा : उपेन्द्र–बाबुराम पक्षले बोलायो छुट्टाछुट्टै बैठक

Read Time = 3 mins

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक पुगेको छ ।  बिवाद बढ्दै जाँदा जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ ।

यादवले असार २९ र ३० गते वीरगन्जमा बैठक बोलाउनु भएको छ । यता भट्टराईले पनि असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाउनु भएको छ ।

भट्टराई पक्षका नेता विश्वदिप पाण्डेका अनुसार छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।

जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल गरिने पाण्डेले जानकारी दिनुभएको छ ।

यादव पक्षले यसअघि काठमाडौंमा कुनैपनि बैठक नबोलाइएको भन्दै वक्तव्य निकालेको थियो ।

पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै यादवको पकड जनता समाजवादी पार्टीमा पुनः बलियो हुन पुगेको छ ।

विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेको चर्चा गरिएको छ ।

पछिल्लो केन्द्रिय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार ‘तीन सदस्सीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रुपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रुपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरित मन्त्रीमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो ।

जसपामा सैद्धान्तिक बहससँगै शुरू भएको विवाद पार्टी विभाजनमा पुग्न लागेको हो। पार्टी विभाजनका लागि दुवै नेता सहमत भइसकेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?