पाकिस्तानको टोली पनि नेपाल आउने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले आफ्नो टोली पठाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) बाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको हो ।

पाकिस्तानी महिला टोलीले आठ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । यससँगै अब सात राष्ट्रले महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् । महिला साफ च्याम्पियनसिप आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुने तय भइसकेको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ (पिएफएफ) लाई सन् २०२१ अप्रिल ५ गते फिफाले निलम्बन गरेको थियो ।

सन् २०२२ जुलाई १ मा फिफाले पाकिस्तानमाथि लगाएको निलम्बन फुकुवा गरेपछि पाकिस्तानले सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने मौका पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?