यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, भारतीय सुन्तला ११० रुपैयाँ, अनार २८० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ७० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिकाअनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी १३०० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ७० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया २० रुपैयाँ पाइने समितिले जनाएको छ । यसैगरी, ताजा छडी माछा प्रतिकेजी २४० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?