उसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोध

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्वखेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित हुनुभएको छ । उसु महासंघको साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्वारोध चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप-महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्विरोध चुनिनुभयो ।

शुभराम मुनकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अञ्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन हुनुभयो ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

नवनिर्वाचित पदाधिकारीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरूलाई खादा लगाई बधाई दिनुभएको थियो । साधारणसभामा केन्द्र, ४ प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?