विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको यो बजेट स्वीकार्न सकिन्न : एमाले उपाध्यक्ष पौडेल

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताउनुभएको छ ।

सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताउनु भयो ।

उहाँले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गर्नुभयो । पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट गलत विधिबाट ल्याएको बताउनु भयो । उहाँले संविधानले गरेको व्यवस्था, कानून ,बजेट निर्माणका मूल्य मान्यताहरुलाई अस्वीकार गरेर निर्माण गरी ल्याएको बजेट जनताले स्वीकार नगर्ने भन्दै बजेटको कुनै अर्थ नभएको बताउनु भयो ।

पौडेलले बजेट आफैँ विवाद रहेकाले बजेट बजेटको रुपमा नभएको भन्दै बजेट कार्यान्वयन गर्न नसकिने जिकिर गर्नुभयो । उहाँले अर्थमन्त्रीलाई छानबिन गर्न संसदीय समिति बनेकाले छानबिन समितिको प्रतिवेदन नआएसम्म बजेटको रुपमा मान्न नसकिने बताउनु भयो ।

पूर्व अर्थमन्त्री पौडेलले प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको सरकारको बहिर्गमन नै अर्थतन्त्रको निकास भएको दाबी गर्नुभयो । उहाँले अब फेरि जनताको जनादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने दाबी गर्नुभयो ।

उहाँले नेकपा एमाले निर्वाचनका माध्यमबाट यो सरकारलाई बिस्थापित गरेर र एमालेको नेतृत्वमा जनादेशको आधारमा नयाँ सरकार निर्माण गर्ने बताउनु भयो ।

पूर्व अर्थमन्त्री पौडेलले निर्वाचनमार्फत आउने सरकारले अर्थतन्त्रका समस्या,समाजिक जीवन,आर्थिक जीवनका समस्या र लगानीको समस्या समाधान गर्दै देशलाई फेरि पनि आर्थिक समृद्धि बनाएर सामाजिक न्याय र समानताको दिशामा देशलाई लैजाने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?