सकियो ‘हिँड्दा-हिँड्दै’ को सुटिङ

Read Time = 2 mins

काठमाडौं । प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन सकिएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथा अनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।

मिलन आलेमगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा हुनुहुन्छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा हुनुहुन्छ । प्रमोदकुमार तामाङ र महादेव साहसहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिच्नुभएको हो ।

चलचित्रका गीतमा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन छ ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दाबी निर्देशक आलेको छ । पोष्ट प्रोडक्शन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति निर्माण टिमले केही समयमै सार्वजनिक गर्ने तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?