एनएमबि बैंक र फ्लाइवायरबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ । समझदारीसँगै एनएमबि बैंक फ्लाइवायरतर्फबाट विश्वभरका १७ सयभन्दा बढी शैक्षिक संस्थामा भुक्तानीका लागि नेपालको एकमात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीले फ्लाइवायरमार्फत् अमेरिका, क्यानडा र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे ।

त्यसैगरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्क सजिलै ट्र्याक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता थियो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भन्नुभयो, ‘यो साझेदारी हाम्रो मूल्यवान ग्राहकका लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीमा एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?