घुस लिएको आरोपमा पक्राउ परेका प्रअविरुद्ध भ्रष्टाचारको मुद्दा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ ।

आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध जनही ५० हजार बिगो कायम गरी कैद तथा जरिवानाको सजाय हुन माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?