खोलाले बगाउँदा सव-इन्जिनियरको मृत्यु

सांकेतिक तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । खोलाले बगाउँदा भोजपुरमा एक जना सव-इन्जिनियरको मृत्यु भएको छ ।

बुधवार राती जिल्लाको टेम्मेमैयुङ गाउँपालिका वडा नम्वर ९ मा पर्ने राउने खोलाले बगाउँदा सव-इन्जिनियर मन्दिप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । टेम्केमैयुङ गाउँपालिकामा कार्यरत सव-इन्जिनियर राईलाई बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको जेसिवि र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

जेसिवि चालक भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव-इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालेमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाई छ ।

राईको शव करिब तीन किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?