सुस्ता डुवानको समस्याको दीर्घकालीन समाधान गर्न पहल गर्छु : विनोद चौधरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min
A A- A+

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा प्रत्येक बर्ष दोहोरिने बाढी र डुवानको समस्या समाधान गर्न बिनोद चौधरीले कुटनितिक पहल अगाडी बढाउने बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिनुहुने चौधरीले नारायणी नदीका कारण प्रत्येक बर्ष सुस्ता , प्रतापपुर लगायत देखिएको बाढी तथा डुवानको समस्यालाई भारतसंग अनौपचारीक रुपमा छलफल तथा कुटनितिक पहलद्धारा समस्या समाधान गर्नु पहल अगाडी बढाउनु भएको हो ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथसंग निकट मानिने चौधरीले बिशेष गरी सुस्ता र नारायणी नदीमा देखिएको समस्या दिर्घकालीन रुपमा समाधान गर्न भारतीय उत्तर प्रदेश देखी संघीय सरकारमा आफ्नो व्यक्तीगत र सरकारी स्तर मा समेत पहल कमदी अघि बढाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?