मनोरञ्जन कर हटाइदिन मेयरसँग कलाकारको आग्रह

Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग चलचित्रकर्मीको टिमले मनोरञ्जन कर हटाउन आग्रह गरेको छ । मेयर शाहलाई मंगलबार भेट गर्दै कलाकारहरूले स्थानीय सरकारले लगाउँदै आएको पाँच प्रतिशत मनोरञ्जन हटाउन माग गर्नुभएको हो ।

वडामा कम्पनी दर्ता गर्दा बुझाउनुपर्ने १५ हजार रुपैयाँ पनि घटाउन कलाकारको माग छ । ‘२०६७ सालमा वडामा चलचित्रसम्बन्धी काम गर्ने कम्पनी दर्ता गर्ने नियम आएको रहेछ । त्यो हामी अधिकांशलाई थाहा छैन’, निर्माता, निर्देशक तथा कलाकार अशोक शर्माले भन्नुभएको छ, ‘१५ हजार भए पनि अहिले फाइन थपेर दुई/अढाई लाख बुझाउनुपर्ने भइसकेको छ । यसलाई नोमिनल चार्ज राखेर फाइन हटाउन आग्रह गरेका छौं ।’

कलाकारहरूले सिनेमाका पोष्टर टाँसेर शहरलाई फोहोर देखाउने उद्देश्य आफूहरूको नरहेको भन्दै डिजिटल बोर्ड उपलब्ध गराउन पनि आग्रह गरेको शर्माले जानकारी दिनुभएको छ । मल्टिनेसनल कम्पनीलाई जस्तो महँगो शुल्क भने चार्ज नगर्न आग्रह गरेको उहाँँले बताउनुभएको छ ।

शर्माले आफूहरूको आग्रहमा मेयर सकारात्मक रहेको बताउनुभएको छ । सम्बोधन गर्न सकिने खालका माग नै रहेको भन्दै नगरसभाबाट सम्बोधन गराउँछु भन्ने आशा देखाएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?