गुल्मी अस्पतालमा थप जनशक्ति व्यवस्थापनको माग

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी अस्पतालको सेवा प्रवाहलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई लिएर छलफल भएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले यहाँको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, प्रदेशका प्रमुख सचिव एवम् सचिवसंग छलफल गर्नुभएको हो ।

छलफलमा नगरप्रमुख पन्थीले गुल्मी अस्पतालको बारेमा जानकारी गराउनुहुँदै यहाँ छिटोभन्दा छिटो मेसुलगायत थप जनशक्तिको व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।

गुल्मी अस्पतालको छिटै नै समस्या समाधान हुने आफुले विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकले थप सेवा प्राप्त गरि उपचारमा थप सहजता मिल्ने बताउनुभयो । 'गुल्मी अस्पताल हाम्रो अस्पताल, गुल्मी अस्पताल राम्रो अस्पताल' भन्ने पवित्र भावनाका साथ हामी सबै मिलेर निरन्तर चिन्तन र कर्ममा लाग्नका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?