
काठमाडौं । इन्टरनेशनल एचिभ्मेन्ट अवार्ड थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ । लामो समयदेखि आ-आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई सम्मान गरिएको उक्त अवार्ड समारोहमा सहभागी हुन नेपालसहित थाइल्याण्ड, भियतनाम र कम्बोडियाका प्रतिष्ठित विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
एसमपी मिडियाको आयोजना तथा प्याजेन्ट नेपाल नेटवर्क र निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा रजत सम्मान वरिष्ठ गायक सीताराम पोखरेललाई प्रदान गरिएको थियो भने शब्द रचना तथा साहित्यतर्फ रजत सम्मान विश्वकीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायलाई प्रदान गरिएको थियो ।
यस्तै सामाजिक सेवाका लागि समाजसेवी सोमा खत्री, युवा सार्वजनिक सेवा सम्मान दिवाकर रेग्मी, कला तथा साहित्य सम्मान कमला राई, सञ्चार सेवा सम्मान रुटिन अफ नेपाल बन्दका भिक्टर पौडेल, युवा उद्यमी सेवा सम्मान प्रवीन केसी, पर्यटन उद्यमी सम्मान पोखराका प्यराग्लाइडिङ पाइलट महेश रावललाई प्रदान गरिएको थियो ।
थाई नेपाली समाजका पूर्वअध्यक्ष तथा व्यवसायी कुमार कार्की, बैंककका युवा व्यवसायी तवान नाम्हन्याएल, थाई सरकारकी राजस्व अफिसर कमोनन फोटीटाई, आइसिआरसीका दमेटिक एडभाइजर तथा एशिया प्रशान्तका क्षेत्रीय आर्थिक सुरक्षा प्रमुख बाल भुजेल, थाइल्याण्डमा रहेर लामो समयदेखि व्यापार-व्यवसाय गर्दै आउनुभएका एनआरएनए थाइल्याण्डका उपाध्यक्ष आतिश श्रेष्ठ, जेम्स कार्की, सुनील खड्का, नृत्यकार तथा मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की ‘सुकी’लगायतको हातबाट सम्मानित व्यक्तित्व तथा अवार्ड विजेताहरूलाई अवार्ड प्रदान गरिएको थियो ।
थाइल्यैण्डको बैंककमा रहेको होटल प्रिन्सटनमा आयोजित उक्त अवार्ड समारोहमा यस वर्षको उत्कृष्ट चरित्र अभिनेताको अवार्ड शिवहरि नेपाल बैरागीले आफ्नो पोल्टामा पार्दा उत्कृष्ट गायनको अवार्ड नरहरि प्रेमीले चुम्नुभएको थियो । यस्तै, गायनतर्फ लोक गायक रामबहादुर गुरुङ् अक्कल विरही, उत्कृष्ट लाइभ दोहोरी ठाडो भाका गायन (महिला)को अवार्ड अनिता गुरुङ्, उत्कृष्ट ठाडो भाका गायन (महिला)मा सीतादेवी दुरा, उत्कृष्ट ठाडो भाका गायक पुरुषमा बुद्धिमान गुरुङ्, उत्कृष्ट काठे गायक महिलामा शोभा क्षेत्री, उत्कृष्ट गायक डेब्यु महिलामा अन्शु उप्रेती रहनुभएको थियो ।
त्यस्तै उत्कृष्ट गीतकार आधुनिकमा युवराज अधिकारी, उत्कृष्ट संगीतकार आधुनिकमा कृति न्यौपाने, उत्कृष्ट तामाङ भाषा चलचित्र लेखकमा ऋतुराज पाख्रिन, उत्कृष्ट तामाङ सेलो मोडलमा प्रवल थिङ, उत्कृष्ट मोडलमा सञ्जित भण्डारी, उत्कृष्ट चरित्र अभिनेता पवनप्रसाद खतिवडा ‘बाबा’, उत्कृष्ट अभिनेत्री टेलिचलचित्रमा रियाशा दाहाल, उत्कृष्ट डेब्यु मोडलमा मेग सुवेदी, उत्कृष्ट सामाजिक अभियन्तामा केपी खनाल, उत्कृष्ट समाजसेवीमा रञ्जिता गुरुङ, उत्कृष्ट कस्मेटोलोजीमा मन्दिरा खड्का ‘हायु’, उत्कृष्ट महिला उद्यमीमा अरुणा सुवेदीले अवार्ड हात आफ्नो पोल्टामा पार्नुभएको थियो ।
आयोजक समितिका अध्यक्ष नायक श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न उक्त समारोहको व्यवस्थापन सञ्चारकर्मी राज लुइँटेलले गर्नुभएको थियो भने सञ्चालन इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले गर्नुभएको थियो ।
अवार्ड विजेता तथा सम्मानित व्यक्तित्वलाई एनआरएनए, थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले शुभकामना तथा बधाईसहित बिदाइ गर्नुभएको थियो ।
राष्ट्रखवर, पब्लिक सूचना, नेपाल एयरलाइन्स, बोन ट्राभल्सलगायतको सहयोग रहेको कार्यक्रमअघि भियतनाम तथा कम्बोडियामा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नायक भट्टराईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच