एनआइसीमा अब मेसिनबाटै रकम खातामा

Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवा सुरु गरेको छ ।
अब उक्त सेवामार्फत् ग्राहकले सहजरूपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने बताइएको छ । बैंकमा गई कुनै भौतिक फारमबिना ग्राहकले आफ्नो डेबिट कार्ड वा खाता नम्बरका आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार मेसिनबाट एक हजार रुपैयाँ र पाँच सय रुपैयाँ दरका नोटमात्र जम्मा गर्न मिल्छ भने एकजना ग्राहकले खातामा दैनिक अधिकतम् ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न सक्नेछन् ।

बैंकको नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्छ ।

बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरूपमा मौज्दात गरिदिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?